२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई कांग्रेसले अन्त्य गर्नुपर्छ – गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वेध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताउनु भयो । महामन्त्री थापाले काँग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताउनु भयो । उहाँले यदी सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘मैले नजिकबाट हेर्दै गर्दा नेपालको राजनीतिक पक्षमा नेपालमा कम्युनिष्ट पार्टीहरु एकै पटक मिलेर सरकारमा बसेको पनि देख्यौँ । तुरुन्त नेपाली कांग्रेससँग बसेर सरकार बनाएको पनि देख्यौँ । सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौँ । रातारात पार्टी नै बनाएको पनि देख्यौँ । रातारात पार्टी नै तोडेको पनि देख्यौँ । यो सबै कुराबाट मैले बुझेको र मैले हरेको कुरा के हो भने नेपाली कांग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन् । हामी त्यसमा चित्त बुझाउने हो ? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रुपमा कुनै न कुनै कम्युनिष्ट पार्टीको डरमा हामी बाँचिरहनु पर्ने हुन्छ । हामी अहिले डराउने भयौँ । हामीले सँगै लिएर नहिडे अर्को कम्युनिष्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ । यो चुनावसम्ममा यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ । ठूलो चुनावमा झनै तर्साउने भए । मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो । फेरि मिल्ने भयौँ । फेरि मिल्दा चुनाव पनि जितौँला । चुनाव जितेको भोपिल्ट दिने हो कि होइन भन्ने भए । फेरि हामी डराउने भयाँैँ ।’

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रिय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताउनु भयो । ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने काँग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।