२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मुल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मुल्यवृद्धि भएको भन्दै मुल्यवृद्धि निर्देशिका भाग – २ ल्याउन माग गरेको छ ।

बिहीवार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मुल्यवृद्धि निर्देशिका भाग –२ ल्याउन माग गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडी बढाउन नसकिएको बताउनुभयो ।

उहाँले निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताउनुभयो । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले बजारमा भएको अप्रत्यासित मुल्यवृद्धिको कारणले गर्दाखेरी अहिले निर्माण गर्ने उपयुक्त समयमा पनि हामीले निर्माण कार्यलाई अगाडी बढाउन सकेको छैन । मुल्यवृद्धि निर्देशिका भाग–२ जारी नगरीकन निर्माणको गतिविधि अगाडी बढाउन नसक्ने अवस्था छ । त्यही भएर हामीले सरकारलाई सहयोग गरेर हामीले कन्ट्रक्शन होलिडेमा जान पनि हामी तयार छौँ ।

र सरकारले अति आवश्यक कामहरु गराउनुपर्छ भने मुल्यवृद्धि निर्देशिका भाग–२ जारी तुरुन्तै गर्नुप¥यो । तर हामीले धेरै पटक प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, शहरी विकास मन्त्री र अन्य मन्त्रीहरुलाई यस विषयमा जानकारी गराउँदाखेरी पनि उहाँहरुको ध्यानाकर्षण नभएका कारणले गर्दा आज हामी सांकेतिक रुपमा हाम्रो सरोकारवाला मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय जसले यसभन्दा अगाडी २०६५ सालमा अत्याधिक रुपमा मुल्यवृद्धि हुँदाखेरी मुल्यवृद्धि निर्देशिका भाग –१ जारी गरेको थियो ।

र अब तुरुन्तै निर्माणको गतिविधि अगाडी बढाउने हो भने नेपाल सरकारले मुल्यवृद्धि निर्देशिका भाग–२ जारी गर्नुपर्छ । र त्यो जारी गरेपछि हामी निर्माणको गतिविधि अगाडी बढाउँछौँ अन्यथा हामीले सरकारलाई सहयोग गरेर कन्ट्रक्शन होलिडे मनाउँछौ र भोलीको दिनमा मुल्य स्थिर भएपछि हामी फेरी काममा फर्किने हामी प्रण गर्छौ ।’

महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो । बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले बिरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।