२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वटै स्थानीय निकायमा मतदान अधिकृत खटिए



अ+ अ-

सर्लाही । यहाँका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । यही वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय निकायको निर्वाचन वैशाख ३० मा हुने भएपछि आज जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला नर्विाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलङ्गवा नगरपालिकामा जिल्ला अदालत सर्लाहीका मुख्य न्यायाधीश ध्रवकुमार पिया, कविलासी नगरपालिकामा मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतम, कौडेना गाउँपालिकामा जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्याल, गोडैता नगरपालिकामा अध्यागमन विभाग काठमाडौँका निर्देशक मुकेशकुमार केशरी, ईश्वरपुर नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव ठाकुरप्रसाद आचार्य, चक्रघट्टा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमबहादुर निरौला, चन्द्रनगर गाउँपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुकदेव लम्साल, धनकौल गाउँपालिकामा सङ्घीय संसद् सचिवालयका उपसचिव शिवदत्त बराल निर्वाचन अधिकृत तोकिनुभएको छ ।

साथै पर्सा गाउँपालिकामा डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झा, बरहथवा नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाडौँका उपन्यायाधीवक्ता दशरथ पङ्गेनी, बलरा नगरपालिकामा प्रदेशसभा सचिवालय जनकपुरधामका अधिकृत रञ्जितकुमार यादव, बसबरिया गाउँपालिकामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल, बागमती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिकाउकुमार यादवले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।

त्यसैगरी ब्रम्हपुरी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता केशवप्रसाद गौतम, रामनगर गाउँपालिकामा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिना, लालबन्दी नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाडौँबाट उपन्यायाधीवक्ता विनोदलाल श्रेष्ठ, विष्णु गाउँपालिकामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट उपसचिव गीरमान थापा, हरिपुर नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका जिल्ला न्यायाधीवक्ता ऋद्धिनाथ निरौला, हरिपूर्वा नगरपालिकामा कमलामाई नगरपालिका सिन्धुलीबाट उपसचिव शङ्करराज लुइँटेल र हरिवन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य निर्वाचन अधिकृतको रूपमा खटिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतसहित १९ जना निर्वाचन अधिकृतको आज एकैसाथ कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको जिल्ला सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहने छ भने अन्य १९ वटा स्थानीय निकायका निर्वाचन अधिकृतको सम्बन्धित पालिकाको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचनको तयारी अझ तीव्ररूपमा अघि बढ्ने बताइएको छ । जिल्ला रहेका २० वटा स्थानीय निकायका २०० वडामा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस




भर्खरै