२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस क्षेत्रीय सभापति लम्सालद्वारा पार्टी परित्यागको घोषणा



अ+ अ-

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् । मेयरको उम्मेदवार सिफारिसमा एकलौटी गरिएको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामापत्र बुझाएका लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति भएका थिए ।

पार्टीभित्र संस्थापन इतरका मानिने उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वसभापति समेत हुन् । नगर समितिले संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि लम्साललगायत १३ जनाले विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।

शुक्रबारनै भैरहवा रुपन्दही– ३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादव पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

 




भर्खरै