२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा आज भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रधानन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारीलगायत विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो ।

सो अवसरमा महामनिर्देशक डा टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारीरूपमा व्यवस्थापन गरेको र प्राय सबै जसोलाई खोप लगाई सकेकोमा सरकारको प्रशंसा गर्नु भएको थियो । कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको उहाँको भनाइ थियो ।

डा टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालवालिकालाई खोप सुरु गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायत विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगतिको प्रसंशा गर्नुभएको थियो ।