२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै जेठी महिलाको निधन



अ+ अ-

एजेन्सी । विश्वकै जेठी महिला केन तनाका रहिनन् । जापान निवासी केनले ११९ वर्षको उमेरमा अन्तिम सास लिइन् । उनको जन्म २ जनवरी १९०३ मा दक्षिणपश्चिम जापानको फुकुओकामा भएको थियो ।

केन तनाकाको जन्म भएको वर्ष राइट भाइहरूले आफ्नो पहिलो उडान गरेका थिए । सन् २०१९ मा उनको नाम गिनिज बुकमा लेखिएको थियो । जसमा केन तनाका विश्वकै सबैभन्दा वृद्ध महिला भएको बताइएको थियो ।

केन तनाकाको निधन भएको जापानी सरकारले सोमबार घोषणा गरेको छ । मिडिया रिपोर्टका अनुसार केन तनाकाले अप्रिल १९ मा एक अस्पतालमा संसारलाई बिदाइ गरिन् । केन तनाकाको मृत्युपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले पनि ट्वीट गर्दै केन अब यो संसारमा नरहेको भन्ने जानकारी गराउन दुःख लागेको बताएको छ ।

केन तनाकालाई चकलेट र फिजी पेय मन पर्थ्यो । केनको विवाह सन् १९२२ मा भएको थियो र उनी ४ सन्तानकी आमा थिइन् । पछिल्लो समय उनी नर्सिङ होममा बस्दै आएकी थिइन् । यहाँ उनी सोडा, चकलेट, बोर्ड गेमको मजा लिन्थिन् ।

सन् २०१९ मा जब उनको नाम गिनिज वर्ल्डमा प्रवेश भएको थियो, त्यतिबेला उनी ११६ वर्षकी थिइन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले उनलाई संसारको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्थान दिएको थियो।