२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा चितवनमा गठबन्धनबाट बाहिरियो



अ+ अ-

भरतपुर । गठबन्धनमा रहेका अन्य दलहरूले महत्त्व नदिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) चितवनको पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ ।

जसपाले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको बताउँदै गठबन्धनबाट बाहिरिएको हो ।

जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले गठबन्धनको बैठकमा आफूहरूलाई नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिनुपरेको बताए ।