काठमाडौंः देशमा विदेशी मुद्राको संचिति घट्दै गएपछि सरकारले १० किसिमका सामानहरु नेपाल ल्याउन पूर्ण रुपमा बन्देज लगाएको छ । यो व्यवस्था हालका लागि आगामी असार मसान्तसम्म लागू हुनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर यस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको हो । मन्त्रालयले खासगरी विलासी उपभोग्य सामान नेपाल ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ ।
सूचनामा गत बैशाख १३ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा भने आयात गर्न दिइने उल्लेख छ ।
आयातमा पूर्ण रोक लगाइएका सामानहरु
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ ।
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/२०७९-साल-असार-मसान्तसम्म-पैठारीमा-पूर्ण-बन्देज-लगाएको-सूचना.pdf” title=”२०७९ साल असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज लगाएको सूचना”]












