२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको मुख नहेरौ, रुख हेरौ: महामन्त्री विश्वप्रकाश शर्मा (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरु लागिरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेस पार्टीलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दाखेरी कांग्रेसले क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भातृ संस्थाहरुको व्यवस्थापन गर्नुपर्ने र उम्मेदवार चयनको प्रक्रियाको सन्दर्भमा एउटा नविन शैलीलाई निरुपण गर्नुपर्ने, नविन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छ । हामी केही अप्ठ्यारोहरुपनि बेहोरीरहेका छौँ । त्यसकारण देशभरी जो उम्मेदवार बन्नुभएको छ, तपाईले चाहे बमोजिम बन्नुभएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार, कतिपय साथीभाईहरुलाई फलानो नबनोस् भन्ने लागिरहेको अवस्थाको कुनै तहमा छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । मापदण्ड पु¥याएर उम्मेदवार चयन भएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँपनि नेपाली कांग्रेसको उम्मेदवार । त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु देशभरीका साथीहरुलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु ।’

महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताउनुभयो । उहाँले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गर्नुभयो । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई बिस्थापित गरेर बिद्युतिय गाडी बिस्तार गरिने पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘युवकलाई विदेशमा बेचेर होइन । युवकहरुको देशलाई नेपाल देशमा भएको बिजुलीलाई भारतमा बेचेर हामी मान्छे बेचेर धनि बनाउने भन्ने यो देशको सपनालाई बदलेर हामी बिजुली बेचेर यो देशलाई धनि बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लादैछ । त्यो लानु भनेको प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्याँसको भण्डार कहाँ–कहाँ छ उहाँ भन्न सक्नुहुन्न ।

तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडी बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ । बिजुली कहाँ छ भन्नुहुन्छ भने नेपालको नदीनालामा गएर हेर्नुहोस् ।

हामीसँग प्रशस्त बिजुली बनाउन सक्ने खोलाहरु छन् । काठमाडौँको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरु होइन । डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरुलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ ।’

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिदैँ मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिनुभयो । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उहाँले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उहाँले आग्रह गर्नुभयो ।