२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोयन दर्ता गरिएको थियो । बिहीबार साँझसम्मको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनमा एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ८५१ र सदस्यमा ५५ हजार ७६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।




भर्खरै