२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको झण्डा बोक्दै प्रचारप्रसारमा व्यस्त बिना



अ+ अ-

धनगढी । नेकपा (माओवादी केन्द्र)का नेतृ बिना मगर आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई विजयी गराउने अभियानमा छिन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेकी बिना सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीको क्षेत्र परेको स्थानमा खटिएकी हुन् ।

माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी समेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा लागिपरेकी हुन् । नगरपालिकामा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

सोही अनुसार बिनाले नगरप्रमुखका उम्मेदवार जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके रानालाई सघाइरहेकी छिन् ।