२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेल रद्द



अ+ अ-

काठमाडौँ । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टि–२० खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो ।

ब्याटिङका लागि मैदानमा उत्रिएको जिम्बावे ‘ए’ ४.३ ओभरमा २ विकेटको क्षतिमा ४८ रन बनाउँदा पानी पर्न थालेपछि केही बेर खेल रोकिएको थियो ।

त्यसपछि केही बेर पानी रोकिएपछि अम्पायरले २ ओभर घटाएर खेल खेलाउने निर्णय गरेका थिए । दिउँसो २ः२० मा खेल खेलाउन लाग्दा पुनः भीषण वर्षा भएपछि खेल स्थगित गर्नुपरेको हो ।

जिम्बावे ‘ए सँग तीन खेलको टि–२० सिरिज खेलिरहेको नेपालले तेस्रो खेल बुधबार खेल्नेछ । यसअघि पहिलो खेलमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो ।