२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको नेता रावलको भनाइ



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको बताउनुभएको छ ।

उहाँले ट्विट गर्दै एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको भन्दै अहिले तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया नेपाल आउने बताउनुभएको छ ।

एमसीसी अनुमोदनको परिणामले नेपालको स्वतन्त्र परराष्ट्र नीति सकिएको हो त भनी उहाँले प्रश्न गर्नुभएको छ ।

नेता रावलले ट्विटमा भन्नुभएको छ, “एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको छ।अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया आउने रे। यो नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत होइन त ? एमसीसीको एउटा परिणाम। स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?”