२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात आइतबार मधयरातिसम्म तीन हजार १२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८२ हजार ३४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमति मध्ये ४७ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राष्ट्रिय राजधानी दिल्लीमा ५ हजार ९९७ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २६ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ५०० जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७२३ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३८ हजार ९७६ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।