२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनमा ३५३ जना निर्विरोध : कुन दलबाट कति निर्विरोध ?



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएको जनाएको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनमा पाँचदलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विभिन्न दल निर्वाचनमा होमिएका छन् । केहीले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

आयोगका अनुसार यसपटकको निर्वाचनमा निर्विरोध निर्वाचित हुनेमा सत्ता गठबन्धनका सबैभन्दा धेरै १९० जना छन् । सत्ता गठबन्धनमा पनि नेपाली कांग्रेसका उम्मेदवार १०१ सिटमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले ५४, नेकपा (एकीकृत समाजवादी) ले ३४ र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट हासिल गरेको छ ।

यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भई वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय निर्धारण भएपछिको अवस्थामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उम्मेदवार १२३ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तहको यसपटकको निर्वाचनमा ३५ हजार २२१ पदमा निर्वाचन हुने भएको छ । अब निर्विरोध निर्वाचित भएका स्थानमा निर्वाचन हुने छैन । आयोगका अनुसार यसपटक १७० दलित सदस्य पदमा उम्मेदवारी नै परेको छैन ।

दलीय आधारमा निर्विरोध निर्वाचितको अवस्था

नेकपा (एमाले)
अध्यक्ष– १
उपाध्यक्ष– २
वडाध्यक्ष– १४
वडा सदस्य– २६
महिला सदस्य– २३
दलित महिला सदस्य– ५७

नेपाली कांग्रेस
उपाध्यक्ष– १
वडाध्यक्ष– १४
वडा सदस्य– ३१
महिला सदस्य– १५
दलित महिला सदस्य– ४०

नेकपा (माओवादी केन्द्र)
वडाध्यक्ष– ३
वडा सदस्य– ५
महिला सदस्य– ७
दलित महिला सदस्य– ३९

नेकपा (एकीकृत समाजवादी)
अध्यक्ष– २
उपाध्यक्ष– १
वडाध्यक्ष– ६
वडा सदस्य– १२
महिला सदस्य– ७
दलित महिला सदस्य– ६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
वडा सदस्य– २

स्वतन्त्र
वडाध्यक्ष– ६
वडा सदस्य– १६
महिला सदस्य– ८
दलित महिला सदस्य– ४

राष्ट्रिय जनमुक्ति पार्टी
महिला सदस्य– १

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
दलित महिला सदस्य– १

जनता समाजवादी पार्टी
दलित महिला सदस्य– १

नेपाल मजदुर किसान पार्टी
दलित महिला सदस्य– २