२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोप हुँदै पेटानी



अ+ अ-

दमक। पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ । विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो । कुनै समय पेटानी लगाउँनैपर्ने धिमाल समुदायको युवतीमा पनि पश्चिमा संस्कृतिले महत्व पाउन थालेसँगै पछिल्ला दिनमा आएर आफ्नै समुदायभित्र पनि यसको महत्व घट्दै जान थालेको छ ।

संस्कृतिजन्य प्राचीन पहिरन लोप हुँदै गएपछि आफ्नो पहिरनको संरक्षण, सम्बद्र्धनसमेतमा जोड दिँदै आएको पाइएको छ । दमक¬–१० मा पछिल्ला वर्ष त्यहाँका जाँगरिला महिलाले पेटानी संरक्षण गरिआएका छन् । उहाँहरुले घरमै घरेलु उद्योगका रुपमा पेटानी तयार गरिआएको सावित्री धिमालले बताउनुभयो । करिब दुई दशक अघिबाट पेटानी बन्दै आइरहेको र त्यसै सीपलाई आहिले पनि निरन्तरता दिँदैआएको उहाँले जानकारी दिनुभयो ।

धिमाल समुदायमा अहिले पनि पेटानीको माग धेरै रहेको छ । तर पेटानी बुन्न आवश्यक पर्ने कच्चा पदार्थको बजार मूल्य उच्च हुनु र लागत अनुरुप मूल्य नपाउने समस्या नहुँदा यस घरेलु उद्योग व्यवसायीकरण हुन नसकेकोे उद्यमी जमुना धिमालले बताउनुभयो । उहाँका अनुसार एउटा पेटानी तयार गर्न तीन दिनसम्म लाग्ने गरे पनि ती पेटानी बिक्रीका लागि वजारसमेत अभाव भएको र प्रतिथान रु दुई हजारसम्ममा बिक्री गर्न बाध्य छन् ।

पेटानीको महत्व बुझेपछि विगत एक वर्षदेखि फुर्सदको समयमा पेटानी बुन्न थाल्दै आउनुभएका उहाँले आफ्नै समुदायभित्र पेटानीको बजार राम्रो भएकाले त्यसतर्फ आफू आकर्षित भएको बताउनुहुन्छ ।

यो समुदायमा शुभकार्य विवाहलगायतका उत्सव तथा पर्वमा पेटानीलाई अनिवार्यजस्तै मान्ने गरिन्छ । दुई वर्षअघि गाउँमै सिकेको सीपबाट अहिले पेटानी बुन्न उत्साह थपिदिएको दमक¬–१० कै पुष्पामाया धिमाल बताउनुहुन्छ ।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल जातिका संस्कृतिजन्य पहिरन पेटानीलगायतका वेषभूषाको संरक्षण र सम्बद्र्धन गर्न संस्थागतरुपमा सहयोग पु¥याउँदै आएको धिमाल जातीय विकास संस्थाका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताउनुभयो । रासस