२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन : विराटनगरमा सुरक्षा बैठक



अ+ अ-

विराटनगर । स्थानीय तह निर्वाचन–२०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा बुधबार अपराह्न प्रदेश सुरक्षा गोष्ठी सुरु भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सुरु भएको गोष्ठीमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल प्रहरी प्रदेश नं १, सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका प्रमुख कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं प्रदेश कार्यालय धरानका प्रमुख प्रकाशराज पाण्डे, महासेनानी भूमिभक्त बराल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहित प्रहरी अधिकृतको सहभागिता थियो ।

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन, सुरक्षा क्षेत्रमा देखिएका समस्या र समाधान एवं प्रगतिका बारेमा विस्तृत जानकारी लिने गोष्ठीको उद्देश्य रहेको बताइएको छ ।

निर्वाचनमा धाँधली हुन नदिन, स्वतन्त्र निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न र नागरिकमा डर तथा त्रास हुनसक्ने गतिविधि हुन नदिन सरकारको सङ्कल्प एवं प्रतिबद्धता रहेकाले सोहीअनुसारको सुरक्षा रणनीति अख्तियार गर्न बैठक आयोजना भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । रासस




भर्खरै