२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः सिटीलाई हराउँदै रियल फाइनलमा, उपाधिका लागि लिभरपुलसंग भिड्ने



अ+ अ-

काठमाडौं । म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई हराउँदै रियल उपाधि नजिक पुगेको हो । सिटीको लागि खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गरेका थिए भने रियललाई बराबरीमा उतार्न ९० औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए ।

त्यस्तै रोड्रिगोको दोस्रो गोलमा रियलले २-१ को अग्रता लिन सफल भयो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएपछि ९५ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाउँदै रियललाई फाइनल पुर्राएउन सफल भए । अब हुने फईनलको खेल मे २९ मा हुनेछ । जसमा रियलले उपाधिका लागि लिभरपुलविरुद्ध मैदानमा उत्रन पर्नेछ ।