२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएसडीएमा नबिल बैंक सूचीकृत



अ+ अ-

काठमाडौं । नबिल बैंकले यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो बैंक हुनेछ ।

यो व्यवस्थासँगै नबिल बैंकले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । यूएसडीए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन ।

यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।




भर्खरै