२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द रहने



file
अ+ अ-

काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपालले यही वैशाख ३० गते निर्वाचनको मतदानका दिन सबै नियमित आन्तरिक उडानहरु बन्द रहने बताएको छ ।

संघले आइतबार एक सूचना जारी गर्दै निर्वाचन आयोगले यही वैशाख ३० गते शुक्रबारका दिन हुने स्थानीय निर्वाचन मतदानका दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेकाले सो दिन संघमा आबद्ध सबै सदस्य वायुसेवाहरुको नियमित आन्तरिक उडानहरु बन्द रहने जनाएको छ ।

आयोगले यही वैशाख २२ गते स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा उडान हुनेबाहेक अन्य आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।

संघले सो दिन आन्तरिक उडान बन्द हुँदा यात्र महानुभावमा पर्न जाने असुविधाप्रति क्षमायचना गरेको छ ।