२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली गणतन्त्रको खिलापमा छन्– देउवा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र गणतन्त्रको खिलापमा रहेको बताउनुभएको छ ।

आइतबार पोखरामा आयोजित चुनावी सभामा उहाँले ओलीले नेतृत्व गरेको पार्टीसमेत प्रजातन्त्र र गणतन्त्रका विरुद्धमा रहेको उल्लेख गर्दै भन्नुभयो, “मुलुकमा स्थायित्व र स्थिरताका लागि पनि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्छ ।”

ओलीले जित भोलि नै संसद् भंग गरिदिनसक्ने उहाँको भनाइ थियो । उहाँले नेपाली कांग्रेसलाई पाँच दलीय गठबन्धन सबैभन्दा धेरै आवश्यक भएको बताउनुभयो । गठबन्धन बनेपछि नै पोखरामा अवस्था फेरिएको उहाँको भनाइ थियो ।

ओलीले संसद् भंग गरेपछि नै गठबन्धन गरेको जिकिर गर्दै सभापति देउवाले अरु दल उदार भएकाले कांग्रेस सरकारको नेतृत्वमा आएका बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले गठबन्धनलाई सफल पार्नु हाम्रो कर्तव्य हो ।”