९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा निषेधाज्ञा जारी



अ+ अ-

सुर्खेत । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । 

सुर्खेतस्थित पार्टी कार्यालयहरु, प्रहरी बिटमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।  निषेधाज्ञा आदेश पूर्वमा वीरेन्द्रनगरको सुब्बाकुना, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा काँक्रेबिहार जङ्गल र उत्तरमा कपासेसम्म भेला, जुलुस गर्न नपाइने र आदेश विपरीत गतिविधि गरेको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही हुने उल्लेख छ । 

प्रजिअ रिजालले बन्दकर्ता उग्र बनेका र थप क्षति हुन नदिन निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो । आन्दोलनमा उत्रिएका बन्दकर्ताले साँझ सुर्खेत हटियालाइनस्थित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को कार्यालय तोडफोड गरेका थिए ।  ढुङ्गामुढाबाट कांगे्रस कार्यालयका सिसा फुटेका छन् भने एमाले कार्यालय रहेको भवनमा व्यवसायीका सटर तोडफोड गरिएका छन् । 

पार्टी कार्यालयहरुमा आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड तितर बितर पारेको थियो । आन्दोलनकारी र प्रहरीबीच आज दिनभर वीरेन्द्रनगरका विभिन्न स्थानमा दोहोरो झडप भएको थियो । प्रतिनिधिसभाबाट एमसिसी अनुमोदन भएपछि विभिन्न आठ दलले आज नेपाल बन्दको आह्वान गरेका थिए । रासस