२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा शुन्य–कोभिड नीति : घरमै बसेर कोभिडको प्रकोपलाई रोक्ने प्रयास



अ+ अ-

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्दी तीव्र भएको छ ।

पूर्वी पावरहाउस श्ँहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाई जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेइजिङले हालैका हप्ताहरुमा कोरोना संक्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङ्मा ४५ जना नयाँ कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो अपेक्षाकृत सानो संख्या हो । तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ ।

चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर सांघाई शहरमा अत्याधिक रुपमा परेको जनाइएको छ । यस शहरमा कोरोना सक्रमणको कारण ५०० भन्दा बढीको मृत्यु भएको आधिकारीक तथ्याङ्कले जानकारी दिएको छ ।