२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी : डिलासैनी गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा



अ+ अ-

बैतडी । प्रहरीले पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ ।

सो गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्षका उम्मेदवार राना र घाइते कुटपिटबाट घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीले बताए । घटनाबारे यथार्थ बुझ्न प्रहरीले रानालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

प्राध्यापक जोशीमाथि स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै राना उनका समर्थकले कुटपिट गरेको पीडित पक्षले बताएको छ । जोशीको दुवै खुट्टामा गम्भीर चोटपटक लागेको परिवारले बताएको छ ।