२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्र जोगाउन चनाखो बन्नुपर्छ– ओली



kf]v/f,@^ j}zfvM cfd;efnfO{ ;Daf]wg ub}{ cWoIf cf]nL g]skf -Pdfn]_åf/f kf]v/fdf ;f]daf/ cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL. tl:a/M /flwsf sF8]n÷/f;;
अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरामा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको मतबाट जित्ने सम्भावना नरहेकाले पाँच दलीय गठबन्धनले मत्रपत्र च्यात्न सक्ने भएकाले कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएका हुन् ।

गठबन्धनका सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भने, “गठबन्धनले भोट जित्दैन, यिनीहरुमा मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेको छ, भरतपुरमा पहिला त्यस्तै गरेका हुन्, त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न ।”

पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ तर यहाँ त पाँचवटा बाँदर छन् भन्दै ओलीले मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु नहुने बताए ।

पोखरामा गठबन्धनको आमसभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर दिएको चेतावनीप्रति अध्यक्ष ओलीले भने, “कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० गतेबाट प्रस्ट हुनेछ ।”

अध्यक्ष ओलीले आफूले बोलेको कुरा बुझ्ने बुद्धिजीवीले नेपालमा थोरै मात्र भएको बताए । आफूले शास्त्रको कुरा गर्दा उखान टुक्का भनेर उडाएको भन्दै उनले एमालेलाई सिध्याउनकै लागि आफूले बोलेको कुरालाई बंग्याएर प्रस्तुत गर्न खोजिएको आरोप लगाए ।