२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लगाएको ज्याकेटको मुल्य  एक करोडभन्दा बढी 



युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट
अ+ अ-

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेट  एक सय एघार हजार अमेरिकी डलर (एक करोड ३७ लाख २० हजार रूपैयाँ) मा बिक्री भएको छ।

लन्डनमा आयोजित एक कार्यक्रममा युक्रेनको सहयोगको लागि उक्त ज्याकेट बिक्री भएको हो। राष्ट्रपति जेलेन्स्कीले लगाएको सो ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका सिएनएन ले उल्लेख गरेको छ ।

बेलायतको लागि युक्रेनी दूतावासले यसै सन्दर्भमा ट्विट गरेको एक भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ साथै भिडिओको क्याप्सनमा, ‘थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ’ भनेर लेखिएको छ ।

दूतावासको अनुसार यो कोष संकलनको कार्यक्रम कोष जुटाउनु मात्र नभएर यस्को मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको बताएको छ।

लन्डनमा युक्रेनी दूतावासले आयोजना गरेको टेट आधुनिक आर्ट ग्यालरीमा ‘ब्रेभ युक्रेन’ कोषमा ओलेना जेलेन्स्की (युक्रेनी प्रथम महिला)ले बच्चाहरूको लागि खेलौना, जेलेन्स्कीको ज्याकेट र स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू कोषको लागि दिएकी हुन्।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोषको एक कार्यक्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भिडिओमार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए।

दूतावासका अनुसार उक्त कोषमा संकलन भएको सो रकम (७ करोड ७४ लाख रूपैयाँ) विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिने जनाएको छ।

 

 




भर्खरै