२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पायो २१४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र जिम्बावेबीचको एकदिवसीय शृङ्खलाको अन्तिम प्रतियोगितामा नेपालले जितका लागि २१४ रनको लक्ष्य पाएको छ ।

चिसो मैदानका कारण खेल अवधि घटाएर ३३ ओभरमा झारिएको खेलमा टस हारेर सुरुआती ब्याटिङका लागि उत्रिएको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाई २१३ रन बनायो ।

उसका लागि टाडिवानासे मरुमानीले सर्वाधिक ५० रन बनाए । ३१ बल खेलेका उनको ब्याटबाट दुई छक्का र सात चौका बनेको थियो । त्यस्तै कुत्जाई मुन्द्जेले ३९ र रोय काइयाले ३६ रन जोडे ।

नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल काकीले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक महँगो सावित भए । उनले ६ ओभरमा बिनाविकेट ५६ रन दिए ।

नेपालले शृङ्खलाको पहिलो खेलमा ३ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको थियो ।