२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १२.२७ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।  साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।

नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले बढेको छ । तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सुचकमा गिरावट आएको छ ।

सोमबार जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ । यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

सोमबार कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।




सम्बन्धित समाचार
भर्खरै