२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्वमा महिलाको शव फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

रुकुम(पूर्व) । रुकुम(पूर्व)मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।