२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूले मात्र जित्ने सपना नदेखौँ, टिमलाई पनि जिताऔँ– प्रकाशमान सिंह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा कसैले पनि आफूले मात्र जित्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभामा उहाँले आफूले मात्र चुनाव जित्ने सपना नपाली टिमलाई नै जिताउनका लागि मत मात्र आग्रह गर्नुभयो ।

बहुदलअन्तर्गतको निर्वाचन भएकाले मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यहरुले आफूलाई मात्र भोट नमागी टिमलाई नै जिताउने गरी मत माग्न प्रचार प्रसार गर्नुपर्ने उहाँको भनाइ थियो ।

सबैलाई मिलाएर नेपाली कांग्रेसले संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै नेता सिंहले यसले पनि गठबन्धनको औचित्य रहेको प्रमाणित गरेको स्पष्ट गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उम्मेदवारी दिएका छन् । नगर प्रमुखमा कांग्रेसबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसनी दानीले उम्मेदवारी दिएका छन् ।