२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको आश्वासन : कांग्रेसलाई जिताउनुस्, सुदूरपश्चिमको राजधानी डडेलधुरामा सार्नेछु



file photo
अ+ अ-

डडेलधुरा । चुनावी अभियानका क्रममा गृहजिल्ला डडेलधुरामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताए सुदूरपश्चिम प्रदेशको राजधानी डडेलधुरामा सार्ने आश्वासन दिनुभएको छ ।

मंगलबार अमरगढी नगरपालिकामा आयोजना गरिएको सभामा उहाँले निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताए सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट डडेलधुरा सार्ने आश्वासन दिनुभएको हो ।

मुलुकको विकास गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस हो भन्दै उहाँले कांग्रेसलाई जिताए बिजुली, पानी र पश्चिम सेती जलविद्युत् आयोजनासमेत ल्याउने बताउनुभयो । पूर्वाधार विकास गरेर प्रदेश राजधानी डडेलधुरा बनाउने उहाँको भनाइ थियो ।

मतदान गरेर मात्र काठमाडौँ फर्कने कार्यक्रम बनाउनुभएका देउवा गृह जिल्ला डडेलधुरामा कांग्रेसकै कर्ण मल्ल समूहले नेकपा (एमाले) सँग मिलेर निर्वाचनमा उम्मेदवारी दिएपछि दबाबमा पर्नुभएको छ ।