२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा हिंसा भड्कियो, नेताका घरमा प्रदर्शनकारीको आगजनी



अ+ अ-

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंकामा नागरिक आन्दोलन थप चर्किएको छ । आन्दोलन चर्कंदै जाँदा यहाँका नागरिकहरुले सरकार विरुद्धको प्रदर्शनलाई थप हिंसात्मक बनाउँदै लगेका छन् ।

गत सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि हिंसा भड्किएको हो । त्यस लगत्तै प्रदर्शनकारीहरुले श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एउटा घर जलाइदिएका छन् । त्यस लगत्तै प्रदर्शनकारीको हिंसा रोक्नका लागि यहाँको सरकारले पूरै देशमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । तर पनि आन्दोलन रोकिएको छैन ।

प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबारै पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलंकाका नागरिकको आक्रोश थामिएको छैन । उनीहरुले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएपछि सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सेना परिचालन गरिएको थियो ।

श्रीलंकाली मिडियाको समाचार अनुसार सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ । उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ । यहाँको अवस्था आर्थिक संकटका कारण जर्जर भएको थियो । बजारभरि महंगी छ, आफूले चाहेको सामान किन्न सक्ने अवस्था छैन । भोका प्रदर्शनकारीहरुले नेताका घरलाई निसाना बनाएका हुन् ।

श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरु भएका बीबीसीले जनाएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।




भर्खरै