२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा रनिल विक्रमासिङ्घे नयाँ प्रधानमन्त्री बन्ने



अ+ अ-

कोलम्बो । श्रीलंकामा हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति सुधारोन्मुख बन्दै गएको देखिन्छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले कार्यकारी अधिकार त्यागेपछि युएनपीका नेता रनिल विक्रमासिङ्घेले आज प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।

स्थानीय समयअनुसार साँझ ६ः३० बजे सपथ ग्रहण कार्यक्रम रहेको युएनपीले जनाएको छ । हिजो साँझ श्रीलंकाका राष्ट्रपति गोटाबाया र विक्रमासिङ्घेबीच लामो वार्तापछि यो निर्णय गरिएको हो ।

यसअघि गोटाबायाका दाजु महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । रनिल विक्रमासिङ्घे श्रीलंकाको पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।

महिन्दा राजापाक्षेले राजीनामा दिएपछि देशभर हिंसा भड्कियो र प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीको पैतृक घर जलाएका थिए । यति मात्र होइन, महिन्दाको सरकारी निवासमा पनि आगजनीको प्रयास भएको थियो ।

डेली मिररका अनुसार रनिल विक्रमासिङ्घे सपथ ग्रहणपछि कोलम्बोको एउटा मन्दिरमा जानेछन् । त्यसपछि उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

यसैबीच श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार व्यापक हिंसापछि टापु राष्ट्रमा सामान्य अवस्था नआएसम्म त्रिन्कोमाली नौसेना आधारमा रहनेछन्।

महिन्दा राजापाक्षेलाई श्रीलंकाली सेनाले सुरक्षा दिने

श्रीलंकाको रक्षा मन्त्रालयका सचिव कमल गुणरत्नेले व्यापक हिंसापछि कोलम्बोबाट भाग्न बाध्य भएपछि बुधबार उक्त घोषणा गरेका थिए।

देशको अवस्था सामान्य भएपछि राजापाक्षेलाई इच्छित स्थानमा लगिने गुणरत्नेले बताए । रक्षा सचिवका अनुसार राजापाक्षे पूर्व प्रधानमन्त्रीको रूपमा जीवनको सुरक्षाको हकदार भएसम्म जतिसुकै समय लागे पनि सेनाले उनलाई सुरक्षा दिनेछ ।

राजापाक्षे, उनकी पत्नी शिरन्थी र कान्छो छोरा रोहिता सहित उनको सम्पूर्ण परिवार मंगलबार बिहान वायुसेनाको हेलिकप्टरमा प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीबाट निस्किएका थिए।

सोमबार महिन्दाले राजीनामा दिएपछि देशमा हिंसा भड्किएको थियो । सोमबार सरकार समर्थक समूह र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा एक सांसदसहित आठ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

देशव्यापी कर्फ्यू बिहीबार बिहानसम्म लम्ब्याइएको छ। सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गर्दै टापु राष्ट्र हाल सरकार बिना छ।

डलरको अभाव र मुद्रास्फीतिका कारण गम्भीर आर्थिक संकटका बीचमा राजापाक्षेको राजीनामा माग गर्दै मार्च ३१ मा सुरु भएको विरोध प्रदर्शन जारी छ।

सुरक्षा अवस्थाका कारण देशमा इन्धन वितरण अस्थायी रूपमा बन्द

आन्दोलनका कारण मन्त्रिपरिषद्ले राजीनामा दिए पनि महिन्दा राजापाक्षेले आफ्नो नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए ।

इन्धन र ग्यासको अभाव र घण्टौँ विद्युत् कटौतीका कारण जनता सडकमा उत्रिएर सरकारको तत्काल राजीनामा माग गरेका छन् ।

यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षेले विपक्षी दललाई सर्वदलीय सरकार गठन गर्न आग्रह गरे पनि राजपाक्षेले राजीनामा नदिँदासम्म त्यसो गर्न अस्वीकार गरेका छन् ।

वर्तमान सुरक्षा अवस्थाका कारण इन्धन डेलिभरी अस्थायीरूपमा स्थगित गरिएको सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले बुधबार घोषणा गरेको छ।

 




भर्खरै