२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताहरुमा बालेन शाहको अन्तिम अपिल



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचन सुरु भएको छ । मतदान कार्य बिहान ७ बजेदेखि सुरु भएको हो । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बालेन शाहले सबैमा शुभकामना व्यक्त गर्दै आज अन्तिम दिन जनताहरुमाझ भोट अपिल गरेका छन् ।

उनले मतदान अति नै आवश्यक र महत्वपुर्ण हुने भएकाले सबै मतदाता जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिन अनुरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आधिकारिक पेज मार्फत सो अनुरोध गरेका हुन् । त्यस्तै उनले मतपेटिकामा मतहरु मात्रै खस्ने नभई त्यहाँ जनताहरुका सपनाहरु पनि खस्ने बताएका छन् ।

त्यसैगरी उनी भन्छन् हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ । त्यस्तै उनले लोकतन्त्रमा गालीगलौज, भद्दा छेडखानी र अपमान जस्ता कुराहरु हुनु नहुने र आवधिक चुनावले नकारात्मक भावनाहरुलाई छान्न सघाउँने हुनाले यसका लागि पनि मतदान अति नै आवश्यक र महत्वपुर्ण भएको बताएका छन् । मतदान कार्य बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने छ ।

बालेन शाहको भनाई: 

‘अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर । हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ ।
चुनाव हो, हामीले सामर्थ्यले भ्याएसम्म प्रतिष्पर्धा गर्यौँ होला । मनमा हार वा जीत, आफ्नो वा पराइको भावना पनि आयो होला । तर हाम्रा प्रतिष्पर्धा, हार(जीत, आफ्नो-पराइका भावनाहरु पनि मतपेटिकामा नै खस्न पर्छ, ताकि हाम्रा सबै किसिमका प्रतिष्पर्धाहरु हामीबाट रित्तिउन्, दल वा समुहको नरहेर हामी महानगरको मात्रै बन्न सकौँ । हरेक विजेता महानगरको विजेता बनोस् । र, हरेक विजेताले सम्पुर्ण महानगरलाई जिताउने प्रण गरोस् । कसले उसलाई भोट दियो वा दिएन भन्ने कुनै पनि कुराले तिलजत्ति पनि फरक नपरोस् ।
गालीगलौज, भद्दा छेडखानी र अपमान जस्ता कुराहरु लोकतन्त्रमा हुनु हुदैन । आवधिक चुनावले नकारात्मक भावनाहरुलाई छान्न सघाउँछ । यसका लागि पनि मतदान अति नै आवश्यक र महत्वपुर्ण हुन्छ । यसैले जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिनुहोला । र, आफ्नो मनले खाएको, महानगर तथा वडाहरुलाई प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिनुहोला ।
हामी सबैलाई शुभकामना ।’