२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी



अ+ अ-

नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का अनिलकुमार घलेले ६९ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा ९एमाले०को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ । रासस