२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट महेन्द्र लिङ्गलले ५५१ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा निर्वाचित बस्नेत २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका थिए ।

यस्तै वडा नं १ को सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उक्त वडाको महिला सदस्यमा नीलम गौतम, दलित महिला सदस्यमा प्रेमशिला धोबी, खुल्ला सदस्यमा अशोक राई र अदिल अहमद खान विजयी भएका छन् । वडा नं १ को मतगणना सकिँदा नगरप्रमुख पदमा भने नेपाली कांग्रेसका प्रत्याशी खेलराज पाण्डेले नै अग्रता कायम राखेका छन् । शुक्रबार सम्पन्न मतदानमा जम्मा १९७४ मत खसेकामा यस वडाबाट पाण्डेले ८४३ प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले ४१४ र नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३४० मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदमा राप्रपाकै भगवती पाण्डेले ४५८, नेकपा एमालेकी सावित्रादेवी अर्यालले ४१९ र नेकपा समाजवादीका चिनबहादुर गुरुङले ३४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको शुद्धोधन गाउँपालिका–१ मा जनता समाजवादी पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार एक मतले विजयी भएका छन् । उक्त वडामा जसपाका उदयराज गडेरियाले कांग्रेसका उम्मेदवारलाई एक मतले पछि पारेर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले ९९२ मत पाउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ९९१ मत प्राप्त गर्नुभएको छ ।