२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा मतगणना अपडेट:एकीकृत समाजवादीको अग्रता कायमै



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गर्नुभएको छ । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ I २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्यकांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । माछापुच्छ्रे को अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गर्नुभएको छ भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गर्नुभएको छ भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ । मादी गाउँपालिकाको वडा नं १ र २ मा कांग्रेसको प्यानल विजय भएको छ ।

रुपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ । रासस




भर्खरै