२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको बेनी नगरपालिका–२ मा गठबन्धन विजयी



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ । नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन रहेको छ ।

वडा सदस्यमा गठवन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा र बिष्णुकुमारी सार्की विजयी हुनुभएको छ । १० वडा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रले अग्रता लिएका छन् ।

त्यस्तै प्रमुखमा एमालेका सुरत केसीले एक हजार ६१६, गठबन्धनबाट कांग्रेसका चिरञ्जिवी शर्माले एक हजार ४४३, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेलले एक हजार ४८७ र एमालेकी पशुपति शाहीले एक हजार १५६ मत पाउनुभएको छ ।




भर्खरै