२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरगढी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी विजयी



अ+ अ-

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मानबहादुर केप्छाकी मगर निर्वाचित हुनु भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवार केप्छाकी मगर २०७४ सालमा एमालेबाट निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।

केप्छाकी मगरले ४ हजार ९४२ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोपाल खत्रीले ४ हजार ११४ मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले ४ हजार ६४८ मत ल्याई विजय हासिल गर्नु भएको छ । उहाँकी प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मत ल्याउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।