२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीको अन्नपूर्णमा एमाले विजयी



अ+ अ-

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

नव निर्वाचित केसीले छ हजार ७२२ मत ल्याउँदा कुँवरले पाँच हजार ९५९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित हुनुभएको थियो ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले छ हजार ६०८ मतसहित विजयी भएकी हुनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका खेमकुमारी गुरूङले छ हजार १४ मत प्राप्त गर्नुभयो । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले र २, ४, ५, ८ र १० मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

जिल्लाका पाँच स्थानीय तहमध्ये हालसम्म तीन पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ ।

कांग्रेस माछापुच्छ्रे अध्यक्ष र उपाध्यक्षसहित सात वडाध्यक्षमा विजयी भएको छ । पोखरा महानगरपालिका र मादी गाउँपालिकाको मतगणना जारी छ । मादीमा कांग्रेस र पोखरामा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ ।