२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङको बेंसीसहर नगरप्रमुखमा एमालेका अर्याल विजयी



अ+ अ-

लमजुङ । लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार गुमानसिंह अर्याल विजयी भएका छन् । निवर्तमान प्रमुखसमेत रहेका अर्याल नौ हजार ४७९ मत ल्याई निर्वाचित बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले सात हजार ४७१ मत हासिल गरेका छन् । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा एमालेले (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेर उम्मेदवारी दिएका अर्यालले कांग्रेसका तत्कालीन जिल्ला सभापति भेषबहादुर पौडेललाई २९७ मतान्तारले हराएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा एमालेकै पद्मा गुरुङ निर्वाचित भएकी छन् । शिक्षक पेशा त्योगेर उम्मेदवारी दिएकी पद्मा आठ हजार ७१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका हरिजंग तामाङले चार हजार ६९९ मत प्राप्त गरे ।

प्रमुखका लागि अन्य उम्मेदवारमा राप्रपाका अजितबहादुर अधिकारीले १४६, मंगोल नेसनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ र जसपाका बलबहादुर रानाले ४३ मत प्राप्त गरे ।

सत्ता गठबन्धनबाट बागी उम्मेदवारी दिएका कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा एक हजार ६१५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १४८ र मंगोल नेसनल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत ल्याए ।

एघार वडा रहेको बेँसीसहर नगरपालिकामा वडा नं १, २, ५, ७, ८, १० र ११ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए भने एमालेबाटै बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार प्रकाश थापा वडा नं ६ को वडाध्यक्षमा निर्वाचित भए ।

सत्ता गठबन्धनबाट कांग्रेसका तर्फबाट वडा नं ४ र ९ तथा माओवादी केन्द्रबाट वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका छन् ।




सम्बन्धित समाचार
भर्खरै