२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायण नगरमा एमाले निर्वाचित



अ+ अ-

दैलेख । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गर्नुभयो ।

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गर्नुभएको छ । थापाले पाँच हजार ३५७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गर्नुभयो । उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गर्नुभएको छ ।