२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते हुनुभएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुग्नुभएको छ ।

चुनावको दिन आक्रमणमा परी घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी सूर्य चिह्न लिएर मेयरको उम्मेदवार बन्नुभएपछि उहाँ आक्रमणमा पर्नुभएको हो ।

भेटमा महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यस्ता घटनाबाट निरास नभई दृढताका साथ जनताको बीचमा गएर सामना गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा राम्रा मान्छे नटिकुन भनेर गरिएको हतकण्डा हो तपाईंमाथिको आक्रमण, यसलाई दृढताका साथ सामना गरेर जनताको बलमा परास्त गर्नुपर्छ, हामी सबै तपाईंको साथमा छौँ, निरास नहुनोस् ।”

अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ हुनुहुन्थ्यो । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट लागेको थियो । उक्त घटनापछि मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो भने निर्वाचन बुधबार हुँदैछ । रासस