२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ जनालाई नइ बाल पुरस्कार



अ+ अ-

काठमाडौं । नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना ढङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री राशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्रका साथ यी सबै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।

नइ प्रकाशनले १० वर्षीय सुश्री सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।
ताम्रपत्रका साथ ‘नइ कोपिला पुरस्कार’को राशि जनही सात हजार पाँच सय रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी दिनुभयो ।