२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित



अ+ अ-

लस एन्जलस । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् ।

यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ । ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ ।

यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ । जसअनुसार यहाँ गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो । पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ ।

सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको संक्रमण देखिएको जनाएको हो । अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।




भर्खरै