२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यविनायकमा एमाले विजयी



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् ।

प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नुभयो ।

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । रासस