२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्र्याङ्दी गाउँपालिकामा पुन : एमाले



अ+ अ-

लमजुङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गर्नुभएको छ भने, उहाँको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गर्नुभयो । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहनुभएका गुरुङ पुन : अध्यक्ष बन्न सफल हुनुभएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराउनुभएको थियो । तर अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मस्र्याङ्दीमा जित हासिल गरेको छ । यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको छ । उहाँले पाँच हजार ८९५ मत प्राप्त गर्नुभयो भने, उहाँका प्रतिद्वन्द्वी तामाङले चार हजार १० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, यस पालिकामा ९ वडा रहेकोमध्ये पाँच वडामा एमालेले जितेको छ भने, ४ वडामा गठबन्धनतर्फबाट कांग्रेसले जितेको छ । एमालेका उम्मेदवारतर्फ वडा नं १ मा रुद्रमान गुरुङ, वडा नं २ मा चेतबहादुर गुरुङ, वडा नंं ३ मा दूतमान तामाङ, वडा नं ७ मा तिलबहादुर गुरुङ र वडा नं ८ मा धनसिंह तामाङ वडाअध्यक्षमा निर्वाचित हुनुभएको छन ।

त्यस्तै, कांग्रेसबाट वडा नं ४ मा बलबहादुर गुरुङ, वडा नं ५ बाट घनश्याम घले, वडा नं. ६ बाट मीनराशी गुरुङ र वडा नं ९ बाट हरिबहादुर थापा वडाध्यक्षमा निर्वाचित हनुभएका छन् । यस गाउँपालिकामा १५ हजार १४० कुल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो ।