२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको थाक्रेमा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र



अ+ अ-

धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी हुनुभएको हो । आचार्यले १० हजार ३५५ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराउनुभयो । थापाले नौ हजार ४३१ तथा रुपाखेतीले नौ हजार ९१ मत प्राप्त गर्नुभयो ।

योसँगै धादिङको दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको नतिजा आएको छ । कांग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख पाँच, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन तथा एमालेले दुई पालिका प्रमुखमा जित हासिल गरेको छ ।