२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गरेको विजयी र्यालीमा एमालेले आक्रमण गर्दा छ घाइते



सांकेतिक तस्बिर
अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा नेपाली कांग्रेसले गरेको विजयी र्यालीमा नेकपा (एमाले) ले आक्रमण गर्दा छ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२७ मा वडाध्यक्ष पदमा निर्वाचित भएपछि कांग्रेसले बिहीबार राति विजयोत्सव मनाएको थियो ।

एमालेका वडाध्यक्षका पराजित उम्मेदवारसहितको समूहले विजयोत्सवमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ । आक्रमणमा परेका छ मध्ये अधिकांको टाउकोमा चोट लागेको बताइएको छ । पर्सा जिल्ला प्रहरीले सबैको अवस्था सामान्य रहेको जनाएको छ ।

सो वडाको अध्यक्ष पदमा कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी एक हजार ५१६ मत ल्याई निर्वाचित भएका हुन् । पराजित एमालेका उम्मेदवार प्रदीपकुमार यादवले एक हजार ११६ मत पाएका थिए । यादव यसअघिको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

घाइतेहरुका अनुसार हृदयले वडाध्यक्षमा जितेको खुशीमा विजयउत्सव मनाइरहँदा पराजित एमालेका यादवसहितको समूहले लाठीले कुटपिट गरेका थिए । उनीहरुले एमालेलाई भोट नहाली कांग्रेसको विजयोत्सवमा किन गएको भन्दै कुटपिट गरेको घाइतेहरुले बताए ।

प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पराजित उम्मेदवार यादवसहित तीन जनालाई नियन्त्रण्मा लिएको बताइएको छ ।




भर्खरै