२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समितिको प्रतिवेदन- ‘अल्मुताइरी अस्वस्थ र गैरव्यावसायिक छन्, उनको विकल्प खोज्नुपर्छ’



अ+ अ-

काठमाडौं । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन अखिल नेपाल फुटबल संघसमक्ष बुझाएको छ ।

प्रतिवेदनमा नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औँल्याइएको छ । बयानमा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा छानबिन समितिले एएफसी कप छनोटपछि कतार फुटबल संघको प्राविधक सहयोगमा नेपाल आएका अल्मुताइरीको विकल्प खोज्न सुझाव पनि दिएको छ । प्रतिवेदनमा उनी गैरव्यावसायिक भएको र खेलाडीको व्यक्तिगत जीवनमा समेत हस्तक्षेप गर्न खोजेको बताइएको छ ।

समितिले एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीलाई माफी माग्न लगाएर राष्ट्रिय टोलीमा ल्याउन सुझाव दिएको छ । बन्द प्रशिक्षणका क्रममा प्रशिक्षक अल्मुताइरी र खेलाडीबीच विवाद भएपछि रोहित चन्दले शिविर छोडेका थिए । त्यसको दुई दिनपछि पुनः नौ जना खेलाडीले बन्द शिविर छोडेका थिए ।

खेलाडीहरुले प्रशिक्षक अल्मुताइरीले नै बन्द शिविर छाड्न निर्देशन दिएपछि आफूहरु शिविरबाट बाहिरिएको दाबी गरेका छन । एन्फाले सो छानबिन प्रतिवेदन आज शुक्रबार सार्वजनिक गर्ने बताइएको छ ।




भर्खरै